नियम ११क
विज्ञापन एजेन्सी मार्फत कारोबार
(१) सरकारी निकायले लोक कल्याणकारी विज्ञापन वा सूचना बाहेकका अन्य विज्ञापन वा सूचनाको प्रकाशन तथा प्रसारण गर्ने प्रयोजनको लागि विज्ञापन एजेन्सी मार्फत कारोबार गर्ने व्यवस्था मिलाउन सक्नेछ।

(२) उपनियम (१) बमोजिम विज्ञापन एजेन्सी मार्फत कारोबार गराउँदा बोर्डमा सूचीकृत विज्ञापन एजेन्सी मध्येबाट खुला र पारदर्शी प्रक्रियाको आधारमा विज्ञापन एजेन्सीको छनौट गरी गर्नु पर्नेछ।

(३) बोर्डले यस नियमावली बमोजिम सूचीकृत विज्ञापन एजेन्सीको नामावली नियमित रूपमा अद्यावधिक गर्नु पर्नेछ।